भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

मुचुल्का भन्दा बढी मतपत्र फेला परेपछि रौतहट फतुवाकाे मतगणना स्थगित

मुचुल्का भन्दा बढी मतपत्र फेला परेपछि रौतहट फतुवाकाे मतगणना स्थगित

बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । बढी मतपत्र फेला परेपछि पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गरे ।

फतुवा विजयपुर नगरपालिका–३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्याङ्कभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले जानकारी दिए।

निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ । माओवादीतर्फबाट मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाए ।

नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुनः मतदान गर्नुपर्ने माग राखेको एमालेका मेयर उम्मेदवार विजय यादवले बताए ।

 


Thali Mobile Pvt.Ltd.