भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता अन्त्य नगरी विश्राम नलिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको उद्घोष

मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता अन्त्य नगरी विश्राम नलिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको उद्घोष

काठमाडौं । सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता अन्त्य नगरी विश्राम नलिने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९ र ०८० को अन्तिम त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले ठगि र अपराध विरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका हुन ।

गृहमन्त्री श्रेष्ठले पुरानै गतिमा काम गरेर नपुग्ने निस्कर्ष सरकार रहेको बताउदै मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भएपनि पर्याप्त नभएको तर्क गरे ।

सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहिनता, ठगि र अपराधविरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको बताउदै मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहिनता, ठगि अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन भन्ने हिसावले काम गरिरहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.