भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै

मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको बताउनुभयो । गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबीसहित मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिस्वरूप मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जनभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र नेताहरु डा अमरेशकुमार सिंह, वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहालगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस गरेको थियो । मृतक महेन्द्रको शव अझै पनि वीरगञ्जको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् । प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णयानुसार रकम आउन केही दिन लागे पनि जिल्ला प्रशासन कार्यालयले लिखितरूपमा मृतक परिवारलाई रु १० लाख पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझिने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले आफूलाई आधिकारीकरूपमा परिपत्र आएपछि मात्र सो काम गर्ने बताउनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.