काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारामा वितरण हुँदैछ ।
आयोजनाले आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरका धारामा वितरण गर्दैछ । खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जानकारी दिएको छ।
मेलम्चीको पानी पनि (केयुकेएल)कै वितरण प्रणालीमार्फत उपभोक्ताको धारामा पुग्ने व्यवस्था गरिएको छ । १७ करोड लिटर क्षमताको यो आयोजना पूर्णरूपमा सञ्चालनमा आउन भने कम्तीमा २० दिन लाग्नेछ ।
