भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ ।मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिनुभयो । “आज देशभरको मौसम सफा रहेको छ । हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर हुने देखिँदैन । महाशाखाले आज दिनभरको मौसम सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफला रहने छ । सोही प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।आज काठमाडौँका न्यूनतम आठ दशमलव आठ र अधिकतमतापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.