भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

यता निषेधाज्ञा उता एकैदिन कपाल बढेर हैरान

यता निषेधाज्ञा उता एकैदिन कपाल बढेर हैरान

काठमाडौं । तपाईं कपाल वर्षभरिमा कतिपटक काटनु हुन्छ ? युवाहरुमा चाहिँ कपाल अति चाडो बढ्छ । यो स्वभाविक प्रक्रिया हो । आज भोलि निषेधाज्ञा छ । तर एकै दिनमा कपाल बढेर धेरैले हैरानी खेपिरहेको तथ्य बाहिर आईरहेको छ ।

मान्छेको कपाल बढ्ने सही दर के हो भन्ने कुरा पत्ता लागिसकेको छ । यसअनुसार, के फेला परेको छ भने, एक महिनामा मान्छेको कपाल १२ मिलिमिटरको दरले बढ्छ । र, यो कपाल बढ्ने काम दिनहुँ भइरहेको हुन्छ । यसरी कपाल दिनहुँ बढे तापनि दिनको फरक समय कपाल बढ्ने दर पनि फरक फरक हुन्छ ।

अर्थात यो एकै मात्रामा बढ्दैन । यो क्रिया एक किसिमको लयात्मक तरिकामा सम्पन्न भइरहेको हुन्छ । रातको समयमा कपाल विस्तारै बढ्छ । र, दिन शुरु भएपछि कपाल बढ्ने प्रक्रियामा गति आउछ । बिहान १०–११ बजे यो दर सबै भन्दा बेसी रहन्छ । अर्थात दिन, रातबीचको त्यो समयमा चाहिँ हाम्रो कपाल सबैभन्दा बेसी बढ्छ । त्यस पछि कपाल बढ्ने गतिमा कमी आउछ । फेरि बेलुकी ४ देखि ६ बजेसम्ममा त्यो क्रियामा गति आउँछ ।

त्यस पछि फिर कपाल विस्तारै बढ्छ । यसरी एकैदिनमा कपाल बढ्ने गति पनि फरक–फरक हुन्छ । तर यो समय प्रतिकुल अथवा हाम्रो अनुकुलमा कपालकाट्ने समय छैन । कोरोना कहरमा सबैभन्दा बढी कपालकाट्ने ठाउँबाटै संक्रमण बढिरहेको छ । त्यसैले एकदमै विचार गरेर कपाल काट्न विज्ञको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.