भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

युक्रेन युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार

युक्रेन युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील कारखानामा १ हजार बढी नागरिक फसेको बताईएको थियो ।

उद्धार गरिएकामा अधिकांश महिला, बृद्ध बृद्धा र बालबालिका रहेका छन । संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा सुरु भएको उद्धार कार्यमा सयौं सुरक्षाकर्मीको पहराबीच उनीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरूलाई कता लगिएको भन्ने विषयमा भने युक्रेन सरकारले केही बताएको छैन । यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोल स्टीलप्लान्टमा फसेका नागरिकहरुमध्ये अन्तिम समुहका ३ सय जनालाई सुरक्षित स्थानमा लैजान सफल भएको प्रतिक्रिया दिएका छन् ।

सो औद्योगिक क्षेत्र मारियुपोल शहरमा युक्रेनी सेनाको पकडमा रहेको अन्तिम क्षेत्र हो ।

 


Thali Mobile Pvt.Ltd.