भर्खरै : Sorry, your browser does not support inline SVG.

यू–१९ महिला नेपाली फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै

यू–१९ महिला नेपाली फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश प्रस्थान गर्दैछ । मंगलबारबाट सुरु हुने च्याम्पियनसिपको लागि नेपाली टोली आज दिउँसो पौने २ बजे बजेपछि बंगलादेशको ढाका प्रस्थान गर्ने छ ।

डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने च्याम्पियनसिपको लागि नेपाली टोलिको एन्फाले सोमबार नै बिदाइ गरेको थियो । च्याम्पियनसिपका लागि २३ सदस्सीय टिमको घोषणा गरिसकेको छ ।

नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ भने अघिल्लो पटक उपविजेता बनेको थियो । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउने मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले बताए ।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्ने तालिका छ । यो सस्करणको फाइनल खेल डिसेम्बर २२ तारिखमा हुने छ ।

नेपाली टिमः
अन्जना राना मगर,
सावित्री किशन,

अंकिता राई,
सलोनी राना मगर,
सबिना चौधरी,

मन्जु कुमारी खड्का,
हिमा रावत,
प्रतिक्षा चौधरी,

सुष्मा तामाङ,
रोजिना श्रेष्ठ,
रजनी थोकर,

विमला बिक,
रश्मी कुमारी घिसिङ,
सदिपा भोलान,

चन्द्रा भण्डारी,
खुश्मा राई,
दिपा शाही,

कुसुम खतिवडा,
सबिता राना मगर,
सरस्वती हमाल,

प्रिती राई,
अमिशा कार्की,
मेनुका कुमारी आले मगर

 


Thali Mobile Pvt.Ltd.