भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

यो तस्बीर, जसले नेपाल सरकारलाई बारमबार घोचिरहने छ !

यो तस्बीर, जसले नेपाल सरकारलाई बारमबार घोचिरहने छ !

काठमाडौं । दुई पटक संसद् विघटन गरेर जनताबाट गिरेको ओली सरकार र मन्त्रिमण्डल विस्तार गर्न नसकेको बर्तमान देउवा सरकार उस्तै उस्तै हुन भन्ने बजारमा चर्चा चल्न थालेको छ । अहिलेको सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएपछि बजारमा स्यानिटरी प्याडको मूल्य ह्वातै बढेको छ ।

उच्च तथा खानदानी वर्गलाई छोडेर कामगरी खाने खुद्रा व्यापारीहरुलाई कर बढायो भनेर व्यापक आलोचना भइरहेको परिपेक्षमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सरकारले कर बढाएको भन्दै मूल्य बढाएपछि सामाजिक सञ्जालमा बहस बनेको हो । सरकारले कर बढाएपछि मर्यादित महीनावारीका अभियन्ताहरु सडकमा त्रत्रिएका छन् ।

उनीहरुको मुख्यमाग भनेको प्याडलाई कर मुक्ति गर्नु हो । ‘रातो कर माफ गर’ भन्दै अभियन्ताहरुले माइतीघरमण्डल रंग्याएका छन् । रातो रंग लतपतिएको कपडामा शन्तिपूर्ण प्रदर्शन गरेका उनीहरुले स्यानिटरी प्याडलाई विलासिताको वस्तुमा झैं कर नलिन महिलाहरुले सरकारलाई आग्रह गरेका छन् । वर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर सर्वहारा वर्गको मुक्ति भन्दै १० वर्ष युद्धलडेर आएका हुन ।

तर उनी मन्त्री भएकै बेला प्याडमा कर बढाउनु भयो भनेर आलोचना भइरहेको छ । स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९–७० देखि नै १५ प्रतिशत भन्सार महसुल कायम रहेको अर्थ मन्त्रालयले जनाएको छ । १५ जेठमा अध्यादेश मार्फत ल्याइएको चालु आर्थिक वर्ष २०७८–७९ को बजेटबाट स्वदेशमा स्यानिटरी प्याड बनाउने कच्चा पदार्थमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्कलाई ५ प्रतिशतमा झारेको छ ।

यो नीतिगत व्यवस्थाले स्वदेशमै प्याड उत्पादन गर्न प्रोत्साहन गर्ने सरकारी विश्वास छ ।तर बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यो करको दरमा कुनै हेरफेर भएको छैन । शुक्रबार मन्त्रालयले विज्ञप्ति निकालेर कर बढाएको भन्ने हल्ला भ्रामक भएको र तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत हल्ला फैलाएर नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको बताएको छ ।

तर सरकारले प्रतिस्थापन विधेयक आएको मौका छोपेर व्यवसायीहरुले मूल्य बढाएको यथार्थ हो । कच्चा पदार्थको आयातमा गरिएको कर छुटको लाभ स्वदेशी स्यानिटरी उत्पादक र उपभोक्ताले उठाउन नपाउँदै भारत, चीन, ताइबान, लगायतका देशबाट आयात हुने प्याडको मूल्य व्यवसायीहरुले एकाएक बढाएका छन् ।

प्रति गोटा १० रुपैयाँसम्म मूल्य बढेको छ । बजार अनुगमनको जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग कानमा तेल हालेर हात बाँधिबसेको छ ।भनिन् ।

 


Thali Mobile Pvt.Ltd.