भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटन प्रवद्र्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

पर्यटन प्रवद्र्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

काठमाडौँ, । विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर जाने तयारी गरेका हुन् । साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो । दशदिने अन्नपूर्ण आधार शिविर यात्रामा निस्कने उक्त टोली यही असोज ११ गते काठमाडौँबाट प्रस्थान गर्नेछ ।

अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० महिला छन् । संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकाले स्वदेशी पर्यटनलाई बढावा दिन यात्रा तय गरिएको बताए । उहाँले भन्नुभयो, “अब विदेशी पर्यटन क्षेत्र होइन, नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ, साथै आम नेपालीले पनि स्वदेशमा भएका पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भन्ने मनसाय पनि हो ।”

संस्थाले यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ क्याप्टेन विजय लामाले एबिसी आधार शिविर जान लागेका महिला टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै कोभिड महामारीको जोखिमपूर्ण समयमा पनि पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिलाले हिम्मत गर्नु चानचुने विषय नभएको बताए । उहाँले स्वदेशी पर्यटनलाई प्रवद्र्धन गर्न महिला अग्रसर भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो । संस्थाले एबिसी आधार शिविरमा गएर पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन्देशमूलक कार्यक्रमसमेत गरिने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.