भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पर्यटन प्रवद्र्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

पर्यटन प्रवद्र्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

काठमाडौँ, । विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर जाने तयारी गरेका हुन् । साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो । दशदिने अन्नपूर्ण आधार शिविर यात्रामा निस्कने उक्त टोली यही असोज ११ गते काठमाडौँबाट प्रस्थान गर्नेछ ।

अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० महिला छन् । संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकाले स्वदेशी पर्यटनलाई बढावा दिन यात्रा तय गरिएको बताए । उहाँले भन्नुभयो, “अब विदेशी पर्यटन क्षेत्र होइन, नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ, साथै आम नेपालीले पनि स्वदेशमा भएका पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भन्ने मनसाय पनि हो ।”

संस्थाले यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ क्याप्टेन विजय लामाले एबिसी आधार शिविर जान लागेका महिला टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै कोभिड महामारीको जोखिमपूर्ण समयमा पनि पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिलाले हिम्मत गर्नु चानचुने विषय नभएको बताए । उहाँले स्वदेशी पर्यटनलाई प्रवद्र्धन गर्न महिला अग्रसर भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो । संस्थाले एबिसी आधार शिविरमा गएर पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन्देशमूलक कार्यक्रमसमेत गरिने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.