भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

यौन हिंसाविरुद्धलगायत छ अध्यादेश पुनः निष्क्रिय हुँदै

यौन हिंसाविरुद्धलगायत छ अध्यादेश पुनः निष्क्रिय हुँदै

काठमाडौं । प्रतिस्थापन विधेयक नआउँदा छ अध्यादेश पुनः निष्क्रिय हुने अवस्थामा पुगेका छन् । तेस्रो पटक निष्क्रिय हुन लागेका यी अध्यादेश मङ्सिर १५ गते जारी भएका थिए ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र रेल्वे अध्यादेश निष्क्रिय हुने अवस्थामा पुगेका हुन् ।

प्रतिनिधि सभाबाट स्वीकृत भएका यी अध्यादेश राष्ट्रिय सभामा प्रक्रिया रहेका छन् । मङ्सिर २८ गते सुरु भएको बैठकमा अध्यादेश पेस भएका थिए ।

संविधानको धारा ११४ को व्यवस्थाअनुसार अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र प्रतिस्थापनको प्रक्रिया पूरा नभए अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । प्रतिनिधि सभा बैठक माघ २६ गतेका लागि बोलाइएको छ ।

सो अवधिमा विधेयक दर्ता भएर दुवै सदनबाट प्रतिस्थापन प्रक्रिया पूरा हुने सम्भवना भने न्यून रहेको सरोकारवाला बताउँ छन् ।

 


Thali Mobile Pvt.Ltd.