भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

किसानलाई जहिले चिन्ता

किसानलाई जहिले चिन्ता

काठमाण्डौ । यस वर्ष पनि किसानले मलको अभाव झेल्नु परेको छ । यस वर्ष गहुँ पसाउने बेला किसानले मलको अभाव झैल्नुपरेको हो । एक लाख ३० हजार टन रासायनिक मलको माग रहेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान मर्कामा परेका हुँन । यता सरकारी गोदामहरु रित्तै भएका छन् । गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए ।

तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै रहेको किसानको गुनासो रहेको छ । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो अझै लागिसकेको छैन । गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य उच्च भएको र अभाव समेत रहेकाले आपूर्ति हुन नसकेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.