भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रकम असुली नभए कालोसूचीमा राख्ने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको चेतावनी

रकम असुली नभए कालोसूचीमा राख्ने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको चेतावनी

काठमाण्डौ । थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आग्रह गरेको छ ।
कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन बुधबार सार्वजनिक सूचना निकालेर कोषले आग्रह गरेको हो ।
ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरण अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी रहेका छन् ।

कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी छन् । थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न कोषले अनुरोध गरेको छ ।

सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.