भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवर्द्धन गर्न चीन–रुस व्यापार मञ्च इच्छुक

उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवर्द्धन गर्न चीन–रुस व्यापार मञ्च इच्छुक

काठमाण्डौ । अन्य देशहरुसँग पारस्परिक सहयोगका लागि चीन–रुस व्यापार मञ्च इच्छुक देखिएको छ । उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवर्द्धन गर्न इच्छुक रहेको चिनियाँ प्रधानमन्त्री ली छ्याङले बताएका हुन ।

चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिकरूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, प्रधानमन्त्री ली छ्याङले चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउँदै दुई देशका प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको भनिएको छ ।

दुई देशका उद्यमीहरूले आफ्नो आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्ने सन्देशमा भनिएको छ । चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवम् सहयोग प्रवर्द्धन गर्न इच्छुक रहेको लीले सन्देशमा उल्लेख गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको पनि प्रधानमन्त्री ली छ्याङको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.