भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

राजतन्त्र कि गणतन्त्र ?

राजतन्त्र कि गणतन्त्र ?

नेपालमा राणा शासन र निरंकुस तानाशाही शासन व्यवस्था अन्त्य गर्दै धेरै खाले परिवर्तन भयो तर केका लागि ? भन्ने कुरा महत्वपूर्ण छ । देश र जनताका लागि भने खासै परिवर्तन भएको महसुर हुन सकेको छैन । आफु र आफ्ना लागि अर्थात जो नेतृत्वमा गयो त्यसका आफन्त र परिवारका लागि मात्रै परिवर्तन भएको व्यवस्था सबैलाई ज्ञात भएको कुरा हो ।

नेपाली आमाका छोरा छोरीले रगत बगाएर ल्याएको गणतन्त्रमा फेरी पनि पंचेहरुकै बोलवाला कायम रहेको छ । गण्तन्त्र ल्याउदा कैयौं घरवार विहिन भएका छन् । योद्धाहरुले बगाएको रगतको अवमुल्यन भएको छ । २३८ बर्स देखि जरा गाडेर बसेको राजतन्त्र फाल्दा नेपाली जनताले शिक्षा, स्वास्थ्य उपचार निशुल्क हुन्छ भन्ने ठानेका थिए । अब जनताको भविष्य सुनिश्चित हुन्छ, आत्मनिर्भरताको बाटोमा अघि बढ्छौं भन्ने ठानेका थिए । के आज साँचै ती चिजहरु प्राप्त भएत ? जनताका कुरा छोडौं जस्ले हिजो देशका लागि आहुति दिए, रगत बगाए, अंगभंग भए आज तिनीहरुका सपना के भए ? सोचनीय विषय यहिनीर छ ।

शहिदका सपना पूरा हुन दिएनन् । हामी बनाउँछौं देश भनेर जनतासंग भोट मागे । सत्तामा पुगे आज सबैकुरा भूले । पुरानो शाही शासनका भन्दा महाराजाको जस्तो व्यवहार किन ? जनताका सातु खाएर आज सत्तामा पुग्ने वित्तिकै मार्सी चामलको भात र आलिशान महलमा शयर भएपछि जनता भूल्ने हुन्छ ? नेतृत्वको यो राजनीति सदा सर्वदा यस्तै होला त ? अब जनताले बुझ्ने बेला आएको छ । हिजो एउटा राजाले लुटेको थियो । आज गणतन्त्रमा हजारौं राजाले लुटिरहेका छन् ।

युवालाई रोजगारी दिन्छौं भनेर भोट मागेकाहरुले आज युवालाई विदेशमा श्रम बेच्न बाध्य पारेका छन् । गणतन्त्र जनताका लागि आएको होइन, नेतृत्वलाई लुटिखानका लागि आएजस्तो भान सर्वत्र हुन थालेको छ । कोरोना महामारीमा जनतालाई निःशुल्क उपचार गरिदिनको सट्टा तीनै तहका सरकारले ब्रमलुट मचाए । कमाईखाने भाडोको रुपमा कोरोनालाई उपयोग गरे । राजतन्त्रको पालामा खोलिएका उद्योग धन्दाहरु गणतन्त्रमा बेचेर खाए । भृकुटी कागज कारखाना खोई ? गोरखकाली रबर, इट्टा कारखाना खोई ?

बासवारी छाला जुत्ता कारखाना कता खाए ? यसको खोजीनीति हुनु पर्दैन ? राजाको सम्पती राष्ट्रियकरण गरेको खोई ? अहिले फेरी राजतन्त्रका चुसौटेहरु सलवलाउन थालेको देखिन्छ किन ? आधुनिक र शुखी नेपाली भन्ने नारा यहि हो त ? समृद्ध नेपाल बनाउने योजना खोइ ? मुखमा राम राम बगलीमा छुरा राखेर जनतालाई लुटतन्त्र मच्चाउने ? युवाले बिदेशबाट पठाएको रेमिट्यान्समा मोज गर्ने ? खबरदार नेतृत्वले यहि आचरण शैली गरिरहे भने नेपाल र नेपाली नताको भविष्य माथि नै पश्न चिन्ह खडा हुन्छ ।

आज यस्तो अवस्थामा नेपाल आउन र यो बेथिति हुनुमा सरकार कहाँ चुक्यो ? भिजन नभएको सरकारसंग जनताले आश भरोसा गर्नु आँखा तरी मर भनेजस्तै हो । हावा गफ दिन सिपालु प्रधानमन्त्री केपी ओली र कसरी कुर्सी बचाउन सकिन्छ भन्ने प्रचण्डका कारण आज दुनियाँले दुःख पाईरहेको छ । धिक्कार छ तिमीहरुलाई गणतन्त्रका नाउमा ब्रमलुट मचाउने तिमीहरु खवरदार । अव हामी जाग्दै छौं । जागौं नेपाल राष्ट्रिय अभियान यसैका लागि खडा भएको छ । देश विदेशमा पसिना चुहाउने युवा युवतीहरु यसमा एकतावद्ध हुदैछन् ।

निर्मला पन्त, सम्झना बिक, नबराज बिकहरुलाई यो अभियानले न्याय दिलाएरै छाड्ने छ । तपाईहरुका कारणले जनता राजतन्त्र कि गणतन्त्र भनेर विकल्प खोज्न नलागुन यहि शुभकामना छ । विभेदले पिल्सिएका जनता बारुद बनेर फेरी तिमीहरुका विरुद्ध पड्किन नपरोस समयमै चेतना भया । जनताको धज्जि उडाउँदै हिड्ने तिमीहरुको दिन गन्ती नहोस भन्न चाहन्छौं ।

जनतालाई धोका दिने, धरपकड गर्ने, भ्रष्टाचार गर्ने अझ भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा, बलात्कारीलाई कारबाही गर्नुको सट्टा खुलेआम अपराधीलाई हिडाउने तिमीहरुको सत्ता विरुद्ध जनता उत्रिन नपरोस तर यस्तो अवस्थाले जनता आक्रोषित भइसकेका छन् । राजतन्त्र नै ठिक भनेर जसरी सडकमा राजावादी सलवलाएका छन् ।

त्यसै गरी जनता सडकमा आए भने त्यतिखेर तिमीहरुको अवस्था के हुन्छ होला ? कहिल्यै सोचेका छौ ? त्यसैले आफ्नो आचरण, व्यवहार, शैली परिवर्तन गरेर गणतन्त्र जोगाउन लाग्नुहोस् । चिल्ला गाडी र सिसाको महलमा बसेर गरिब जनतालाई लुट्न नलाग । सत्य तितो हुन्छ । जनता उठे भने जसरी राजा मिल्काईयो त्यसरी नै तिमीहरुलाई मिल्काउन नपरोध समयमै सुध्रिन अनुरोध छ । जनताको वास्तविक गणतन्त्र कायम र कार्यान्वयन गरौं ।

भोजराज न्यौपाने, पालुङटार नगरपालिका–२, गोरखा 

 


Thali Mobile Pvt.Ltd.