भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राजनीतिक दौडधूपमा सातै प्रदेश प्रमुख

राजनीतिक दौडधूपमा सातै प्रदेश प्रमुख

काठमाडौं । सातै प्रदेशका प्रमुख राजनीतिक दौडधूपमा लागेका छन्। एकसाथ संघीय राजधानीमा राजनीतिक भेटघाटमा लागेका उनीहरुले सेवासुविधा विस्तार गर्नुपर्ने मुख्य माग बोकेका छन्।

प्रदेश प्रमुखको ‘प्रोटोकल’ मिलाउन ७ बुँदे ध्यानाकर्षणपत्र केन्द्र सरकारका प्रमुखसम्मलाई बुझाएका छन्। आइतवार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई डेढ घण्टा सम्म आफ्ना गुनासा सुनाएका थिए ।

सेवा सुविधा बढाउनकै लागि काठमाडौ कुद्नु भएको हो त ? भन्ने कैलाश खबरको प्रश्नको जवाफमा उनीहरुले भने, नेकपा अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर समस्या अवगत गराउने उद्देश्यले काठमाडौंमा आएका हौं । सामूहिक पहलले मात्रै व्यवस्थापकीय समस्या समाधान हुने ठानेका छौं।’

प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, बागमतीका विष्णु प्रसाई, प्रदेश ५ का धर्मनाथ यादव, गण्डकीका अमिक शेरचन, कर्णालीका गोविन्द कलौनी र सुदूरपश्चिमका शर्मिला त्रिपाठी छन्। सबैभन्दा बढी समस्या प्रदेश १, २ र कर्णालीमा रहको बताएका छन् ।

प्रदेश प्रमुखका गुनासो सुनिसके पछि नेकपा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि पार्टी र सरकारमा छलफल गरेर निचोड निकाल्ने आश्वासन दिए।

 


Thali Mobile Pvt.Ltd.