भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

‘हरियो बन तस्करीको धन’: तस्करीमा जनप्रतिनिधि नै संलग्न

‘हरियो बन तस्करीको धन’: तस्करीमा जनप्रतिनिधि नै संलग्न

कैलाली । कैलालीको गौरीगंगा –३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ तस्करी हुदै गर्दा दुईजनालाई वनका कर्मचारीले पक्राउ गरेका छन् । ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ ट्रलीसहित कर्मचारीले बरामद गरेका हुन ।

काठ बोकेको ट्याक्टर वडासदस्य निरज चौधरीको रहेको प्रहरीले बताएको छ। यो घटना शुक्रवारको हो । त्यस्तै गौरीगंगा नगरपालिका–७, सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनमा ३२ वटा सालका रुख काटिएको र रुख कटानीमा संलग्न भएको आरोपमा सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्षलगायत १० जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ।

यस्तै कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१, जनज्योति सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीलाई काठ तस्करीको आरोपमा डिभिजन वन कार्यालयले पक्राउ गर्दा एक सय क्युफिट काठ बरामद गरेको थियो।

यी प्रतिनिधि घटनामा काठ तस्करीमा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा राजनीतिक दलसँग आबद्ध व्यक्ति संलग्न रहेका छन्। हरियो वन तस्करीको धन भन्ने उखानमा चरितार्थ भएको छ । कैलाली र कञ्चनपुरमा पछिल्ला दिनमा शक्तिको आडमा वन फँडानी गरी काठ तस्करी भइरहेको स्थानीयवासीले बताईरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.