भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

राजीनामा नदिने अडानमा प्रधानमन्त्रीले, ‘बरु संसदमा फेस गर्छु’

राजीनामा नदिने अडानमा प्रधानमन्त्रीले, ‘बरु संसदमा फेस गर्छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय अन्तत सर्वोच्व अदालतले बदर गरिदिएको छ । अदालतले प्रतिनिधसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले विधिको शासन मान्ने बताएका छन् ।

सर्वोच्वले निर्णय बदर गरेपछि अब प्रधानमन्त्रीले के गर्लान् भन्ने चासो बढेको छ । सडकमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने नारा लागिरहेका बेला प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलाले राजनीतिक समस्या हल नगर्ने प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । सर्वोच्चको निर्णय आएसँगै नेकपा प्रचण्ड–माधव पक्ष र कांग्रेसका नेताले ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने कडा प्रतिक्रिया दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.