भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई मन्त्रालयमा भव्य सम्मान (भिडियाेसहित)

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई मन्त्रालयमा भव्य सम्मान (भिडियाेसहित)

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई नेपाल सरकारले सम्मान गरेको छ । आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् । माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको स्मरण गर्दै आल्मुताइरीको मुख्य प्रशिक्षणको कदर गरिएको हो ।

पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा नेपालाई उपविजेता बनाउँन उल्लेखनीय योगदान पु¥याएवापत युवा तथा खेलकुद मन्त्रालयले कदर गर्दै सम्मान गरेको हो । छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी सम्मान समारोहमा मन्त्री गहतराजले योगदानको कदर गरेका हुन ।

मन्त्री गहतराजले भने, नेपाल फर्किएकामा खुशी लागेको छ, तपाईं खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ । युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा. कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास र मेहनतबाट सकारात्मक नतिजा निस्किएको बताए । अल्मुताइरीले खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा सुगम नतिजा हासिल गरेको प्रतिक्रिया दिएका थिए ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.