भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई मन्त्रालयमा भव्य सम्मान (भिडियाेसहित)

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई मन्त्रालयमा भव्य सम्मान (भिडियाेसहित)

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई नेपाल सरकारले सम्मान गरेको छ । आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् । माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको स्मरण गर्दै आल्मुताइरीको मुख्य प्रशिक्षणको कदर गरिएको हो ।

पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा नेपालाई उपविजेता बनाउँन उल्लेखनीय योगदान पु¥याएवापत युवा तथा खेलकुद मन्त्रालयले कदर गर्दै सम्मान गरेको हो । छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी सम्मान समारोहमा मन्त्री गहतराजले योगदानको कदर गरेका हुन ।

मन्त्री गहतराजले भने, नेपाल फर्किएकामा खुशी लागेको छ, तपाईं खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ । युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा. कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास र मेहनतबाट सकारात्मक नतिजा निस्किएको बताए । अल्मुताइरीले खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा सुगम नतिजा हासिल गरेको प्रतिक्रिया दिएका थिए ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.