भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

ठाडाखानीको आयस्रोत आलु र भेडापालन

ठाडाखानीको आयस्रोत आलु र भेडापालन

गलेश्वर, । खनिज र वनस्पतिका स्रोत प्रशस्तै रहेको रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानीमा ती स्रोतको सदुपयोग हुन नसकेपछि स्थानीयवासीले कृषि र पशुपालनलाई नै आयस्रोतको माध्यम बनाएका छन् । तामाखानी र जडिबुटीको प्रशस्तै सम्भावना रहेको ठाडाखानीमा खानी उत्खनन र जडीबुटी सङ्कलनको अनुमति नहुँदा आम्दानीका लागि स्थानीवासीले कृषितर्फ आलुखेती र पशुपालनतर्फ भेडापालन गरेर जीविका चलाइरहेका हुन् ।

छन्त्याल र दलित समुदायका गरी ९० घरधुरीको बसोबास रहेको ठाडाखानीमा ३७ घरपरिवारले व्यावसायिक भेडापालन गरेको मालिका भेडापालन समूहका नरेश छन्त्यालले बताए । गाउँमा हाल दुई हजार १०० भेडा रहेका छन् । एक जनाले १५ देखि १०० सम्म भेडा पालेका छन्त्यालले बताए । उहाँका अनुसार गाउँबाट वर्षमा तीन सय भन्दा बढी भेडा बिक्री हुने गरेको छ । एउटा भेडालाई रु दश देखि २३ हजारसम्ममा बिक्री गर्न सकिने छन्त्यालले बताए ।

उहाँका अनुसार भेडा बिक्री गरेर ठाडाखानीमा वार्षिक रु तीस लाख भन्दा बढी भित्रिने गरेको छ । उच्च पहाडी क्षेत्रमा अवस्थित ठाडाखानीको नजिकै प्रशस्त जङ्गल रहेकाले भेडाका लागि चरनको समस्या छैन । चिसो हावापानीमा हुर्कीएका भेडाको मासु स्वादिलो र स्वथ्यकर हुने भएकाले ग्राहक गाउँमै पुग्ने गरेका छन् । म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट बलि चढाउन भेडा किन्न सर्वसाधारण ठाडाखानी पुग्छन् । बिम, दरवाङ र पाखापानीको सिमानामा पर्ने धार्मिकस्थल मालीकामा बलि चढाउनेले समेत ठाडाखानीबाटै भेडाको साँड किन्ने गरेका छन् ।

उनीहरुले घरकै खोरमा भेडा पाल्ने गरेका छन् । धेरैजसो ठाउँमा जङ्गलमै भेडाको गोठ राख्ने चलन छ । छोराछोरी पढाउन र घरखर्च चलाउनका लागि भेडापालन सहयोगी बनेको स्थानीय टेकजीत छन्त्यालले बताए । भेडापालनपछि यहाँका बासिन्दाले आलु बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । स्थानीय किसान हिमाली छन्त्यालका अनुसार आलु बिक्री गरेर यहाँका बासिन्दाले वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पूर्वतर्फ फर्केको भिरालो जमिनमा हिउँदे र बर्खे गरी दुई सिजनमा आलु लगाउने गरिएको किसान छन्त्यालले जानकारी दिए। उहाँका अनुसार यहाँको ४५ हेक्टर भन्दा बढी जमिनमा व्यावसायिक आलुखेती हुने गरेको छ । किसानमा व्यावसायिक ज्ञान, सीप तथा प्रविधिमा पहुँच नहुँदा भेडापालन र आलुखेती व्यवस्थित बन्न भने नसकेको स्थानीय बासिन्दा खेमबहादुर विकले बताए । आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, घाँस, ऊन काट्ने कैची, खोर व्यवस्थापन, डिपिङ टङकी र तालीमको आवश्यकता रहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.