भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राष्ट्रिय भलिबल–हेल्प नेपाल र पुलिसको जीत

राष्ट्रिय भलिबल–हेल्प नेपाल र पुलिसको जीत

काठमाडौँ, । छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो । यस जीतसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता समेत बन्यो । हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजीत ग¥यो । यस जीतसँगै हेल्प नेपालले तीन खेलमा ९ अङ्क बटुल्यो ।

हेल्प नेपालले यसअघि प्रदेश–२ र वाग्मती प्रदेशलाई पराजीत गरेको थियो । त्यस्तै पराजीत गल्कोट समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । गल्कोटले ३ खेलमा ६ अङ्क जोड्यो । यस समूहबाट वाग्मती प्रदेश र प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै आजै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजीत गर्दै समूह ‘बी’ को विजेता बनेको छ । पुलिसले गण्डकी प्रदेशलाई पहिलो सेट २५–१४, दोस्रो सेट २५–१४ र तेस्रो तथा अन्तिम २५–१८ को सेटमा पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गर्न सफल भयो ।

जीतसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोड्यो । त्यस्तै पाँच अङ्क जोडेको गण्डकी प्रदेश उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिला तथा पुरुष विजेता टोलीले समान चार लाख पाउनेछन् भने उपविजेताले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.