भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभाका १९ सदस्यहरूले गरे शपथ ग्रहण

राष्ट्रिय सभाका १९ सदस्यहरूले गरे शपथ ग्रहण

काठमाडौं । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कक्षमा आयोजित समारोहमा राष्ट्रियसभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त समारोहकाबीच गत माघ १२ मा निर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे ।

राष्ट्रियसभामा निर्वाचनमा सत्तागठबन्धनका दलहरुले चुनावी तालमेल गरेका थिए । गठबन्धनका दल नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए ।

यता, सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी रहेको बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.