भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटे

उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटे

काठमाडौं । काठमाडौं उपत्यकामा लागेका सबै खाले प्रतिबन्ध हटेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएका हुन । कोरोना संक्रमण घट्दै गएपछि फालगुन २१ गते शनिबारदेखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन आदेश जारी गरिएको काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

तीनै जिल्लाका प्रशासन कार्यालयले संक्रमणको कठिन समयमा आदेशको पालना गरी संक्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद समेत दिएका छन् । तीनै जिल्ला प्रशान कार्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.