भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

रासायनिक मलको जैले पनि हाहाकार

रासायनिक मलको जैले पनि हाहाकार

कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएकको छ । भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पठाउने गरिन्छ ।

तर ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्दा पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या भएको हो । ठेकेदारले सुदूरपश्चिमका लागि पठाइएको मल भैरहवा र कपिलवस्तुमै बेच्ने गरेकाले पनि यहाँ मलको हाहाकार भएको जनाइएको छ ।
गहुँ सिंचाइ गरेपछि रासायनिक मल हाल्ने बेला हुँदासमेत अहिलेसम्म मल पाउन नसकेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाका कृष्णपुर, लालझाडी र पुनर्वास क्षेत्रका सहकारीहरुले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङग कर्पोरेशनले मलको आपूर्ति गर्न नसकेपछि भैरहवाबाटै मल ल्याएर कृषकहरुलाई वितरण गर्ने गरेका छन् ।

गहुँको सिजनाका लागि ५ हजार मेट्रिक टन युरिया आवश्यक भएपनि साउन यता ३१ सय मेट्रिक टन मात्रै आएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ । सुदूरपश्चिममा भैरहवा नाकाबाट मल आयात हुने गरेको छ । भीमदत्त, बेदकोट र दोधारा चाँदनीमा भने थोरै पनि मल नपाउदा हाहाकार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.