भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

रासायनिक मलको जैले पनि हाहाकार

रासायनिक मलको जैले पनि हाहाकार

कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएकको छ । भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पठाउने गरिन्छ ।

तर ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्दा पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या भएको हो । ठेकेदारले सुदूरपश्चिमका लागि पठाइएको मल भैरहवा र कपिलवस्तुमै बेच्ने गरेकाले पनि यहाँ मलको हाहाकार भएको जनाइएको छ ।
गहुँ सिंचाइ गरेपछि रासायनिक मल हाल्ने बेला हुँदासमेत अहिलेसम्म मल पाउन नसकेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाका कृष्णपुर, लालझाडी र पुनर्वास क्षेत्रका सहकारीहरुले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङग कर्पोरेशनले मलको आपूर्ति गर्न नसकेपछि भैरहवाबाटै मल ल्याएर कृषकहरुलाई वितरण गर्ने गरेका छन् ।

गहुँको सिजनाका लागि ५ हजार मेट्रिक टन युरिया आवश्यक भएपनि साउन यता ३१ सय मेट्रिक टन मात्रै आएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ । सुदूरपश्चिममा भैरहवा नाकाबाट मल आयात हुने गरेको छ । भीमदत्त, बेदकोट र दोधारा चाँदनीमा भने थोरै पनि मल नपाउदा हाहाकार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.