भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

रोगले गोरु थला परेपछि हाते ट्रयाक्टर वितरण

रोगले गोरु थला परेपछि हाते ट्रयाक्टर वितरण

सोलुखुम्बु । अनुदानमा हाते ट्रयाक्टर (मिनिटिलर) वितरण गरेको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किसान तथा कृषि समूहलाई
लम्पी स्किन रोगले रोपाइँको काम नै प्रभावित भएपछि किसानलाई हाते ट्रयाक्टर वितरण गरेको हो ।

६८ हजार रुपैयाँ मूल्य बराबरको हाते ट्र्याक्टरमा गाउँपालिका र किसानको समान ३४ हजार रुपैयाँ लागत साझेदारी छ । लम्पी स्किनका कारण मुख्य धानबाली हुने क्षेत्र नेचासल्यानमा अझै रोपाइँ हुन सकेको छैन ।

लम्पी स्किन रोगका कारण सोलुखुम्बुमा अहिलेसम्म २६ वटा गाईगोरु मरेका तथ्याङ्क छ । एक हजारभन्दा धेरै सङ्क्रमित छन् । यो रोग सोलुखुम्बुसहित देशका ७६ जिल्लामा फैलिएको छ ।

रोगको सङ्क्रमणका कारण गोरु थला परेपछि अहिले रोपाइँ प्रभावित भएको र ट्रक्टरबाट रोपाइँ सहज हुने गाउँपालिकाले जनाएको छ । किसान तथा समूहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्रयाक्टर वितरण गरेको कृषि शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.