भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन माग

विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन माग

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्रको पार्किङ शुल्क घटनाउन माग गरेको हो । पोखराकै पुरानो विमानस्थल भन्दा झन्डै २१ गुणा महँगो शुल्क लिएको भन्दै उद्योग वाणिज्य संघले यस्तो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको छ ।

संघका अध्यक्ष पवन कुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार भेटेर पार्किङ शुल्क घटाउन माग गरेको हो ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्नेमा पनि संघले जोड दिएको छ ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्नेमा संघले जोड दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.