३ असार २०७७ बुधबार, काठमाडौं । भारतीय सेनाले लद्दाखमा चिनियाँ सेनासँग मृत्युवरण भाेगेपछि बलिदान खेर जान नदिने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ रणनीति अवलम्वन गरेकाे संचारमाध्यममा छाएकाे छ ।
चिनियाँ क्षेत्रमा भारतीय सेना घुसेपछि भएकाे लद्दाख भिडन्तमा २० भन्दा बढि भारतीय सैनिककाे मृत्यु भएकाे छ । मृत्युपश्चात गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको र उक्साउने काम भएमा त्यसको जवाफ दिन तयार रहेको जिकिर गरेका छन् ।
सोमबार राति लद्दाखको गलवन घाटीमा भएको झडपपछि प्रधानमन्त्री मोदीले बुधबार घटनामा ज्यान गुमाउनेहरुको बलिदानी खेर जान नदिने बताए । भारतले हरहालतमा उपयुक्त जवाफ दिने धम्कि समेत दिएकाे छ । भिडियो कन्फरेन्समा कुराकानी गर्दै माेदीले मतभेद भएका ठाउँमा विवाद नबढोस् भनेर ध्यान दिएको समेत बताए ।
भिडन्त पछि मोदीको पहिलो अभिव्यक्ति
पूर्वी लद्दाखको गलवान उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर चिनियाँ सेनासँगको भिडन्तमा सोमबार राति २० भन्दा बढि भारतीय सैनिकको मृत्यु भएपछि मोदीको याे पहिलो अभिव्यक्ति हाे ।
भारतीय प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीले आउने शुक्रबार चीनसँगको सीमा विवादको विषयलाई लिएर सर्वदलीय बैठक बोलाउदै छन् । बुधबार मृतक सैनिकको नाममा दुई मिनेट मौन धारणपछि प्रधानमन्त्री मोदीले सम्बोधन गरे ।
राष्ट्रिय एकता र सम्प्रभुता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै भारतले छिमेकीसँग सधैं मैत्रीपूर्ण तवरले सहकार्य गरेको बताए । बलिदान जस्तै बहादुरी र शाहस पनि राष्ट्रको चरित्र भएको कन्फरेन्समा मन्त्रीसंग बताए । साे भिडन्तमा १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिति चिन्ताजनक भएको पनि जनाइएको छ ।
ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग
तीन घण्टा चलेको झडपमा दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको समाचार सार्वजनिक भएकाे छ । लद्दाख गालवन भ्यालीलाइ लिएर पछिल्लो केही समय यता दुई देशबीच तनाव जारी रहेको छ ।
तनावलाई कम गर्न दुईदेशबीच छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको हो । केही समय यता लद्दाखमा भारत र चीनबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सैनिक संख्या बढाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...
काठमाडौँ, २९ जेठ । मध्यपूर्वमा सुरक्षा जोखिम तीव्र बनेसँगै इराकस्थित अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रक्रिया अमेरिका सरकारले सुरु गरेको छ। पछिल्लो समय इजरायल र इरानबीच द्वन्द्व चर्किंदै...