भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो

बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो

एजेन्सी । बेलायतमा कोभिड–१९ सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या एक सातामै झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ नामले चिनिने ‘एक्सएफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या बढेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । लन्डनमा यसको प्रभाव अझ बढी देखिएको बताइएको छ ।

बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) को नयाँ तथ्याङ्कअनुसार प्रति एक लाख जनसङ्ख्यामा कोभिडका कारण अस्पताल भर्ना हुने साप्ताहिक दर ०.८१ बाट बढेर १.२० पुगेको छ । लन्डनमा भने अस्पताल भर्ना हुने दरमा ७९ प्रतिशत वृद्धि देखिएको छ ।

कोभिड सङ्क्रमणबाट ज्येष्ठ नागरिकसमेत बढी प्रभावित भइरहेका छन् । ८५ वर्षभन्दा माथिका मानिसमा अस्पताल भर्ना हुने दर प्रति एक लाखमा ७.०८ बाट बढेर १२.४३ पुगेको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य विज्ञहरूले अहिले देखिएको सङ्क्रमणको वास्तविक सङ्ख्या सार्वजनिक तथ्याङ्कभन्दा बढी हुन सक्ने बताएका छन् । महामारीको समयमा जस्तो अहिले नियमित रूपमा कोभिड परीक्षण नगरिएकाले सङ्क्रमितको वास्तविक सङ्ख्या यकिन गर्न कठिन रहेको उनीहरूको भनाइ छ ।

यद्यपि अहिलेको वृद्धि कोभिड महामारीको चरम अवस्थामा देखिएका लहरको तुलनामा निकै कम रहेको बताइएको छ । यूकेएचएसएले हाल अस्पताल भर्ना हुने दरलाई अझै आधारभूत स्तरमै रहेको जनाएको छ ।

बेलायतमा गएको अगस्टको अन्तिम हप्तामा कोभिडसँग सम्बन्धित सात जनाको मृत्यु भएको थियो । त्यसअघिको हप्तामा भने कोभिडसँग सम्बन्धित छ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

 


Thali Mobile Pvt.Ltd.