२१ श्रावण २०७७ काठमाडौं । बुधबार काठमाडौंमा भुकम्पको झट्का महसुस भएको छ। बुधबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्पको झट्का महसुस भएको हो ।
खानी तथा भुगर्भ विभागकाका अनुसार ललितपुर जिल्लाको बंगलामुखी आसपास केन्द्र बनाएर उक्त भुकम्प गएको हो । विभागको वेवसाइटमा उल्लेख गरेअनुसार काठमाडौंमा ३.५ रेक्टर स्केलको भुकम्प गएको हो । गए राती पनि भुकम्पको झट्का महसुस भएको थियो।
