भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

केयर बालगृहबाट ११ बालबालिकाको उद्धार

केयर बालगृहबाट ११ बालबालिकाको उद्धार

२१ साउन २०७७ काठमाडौं । कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ ।

यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो ।बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.