कञ्चनपुर । लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–१० ब्यारेल नजिकबाट ७।५७ ग्राम लागूऔषधसहित सोही नगरपालिका–१८ का २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरीटोलीले लागूऔषधसहित पक्राउ गरेको हो ।
खुनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
