भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लामो समयदेखि बन्द रहेका दोगडाकेदारका विद्यालय सञ्चालन

लामो समयदेखि बन्द रहेका दोगडाकेदारका विद्यालय सञ्चालन

बैतडी । लामो समयदेखि बन्द रहेका दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन्। कोरोना कहरले विगत लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले सोमबारदेखि विद्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। कक्षा १ देखि १० सम्मका विद्यालयहरु सोमबारदेखि सञ्चालनमा आएको र कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा १२ को परीक्षा परिक्षा केन्द्र रहने विद्यालयमा मंसिर १८ देखि सञ्चालनमा आउने जनाइएको छ।

विद्यालय सञ्चालनमा रहेका बेला सेवा क्षेत्रभित्र वा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकमा कोरोना देखिएमा अवस्था हेरेर विद्यालयले निर्णय गरेर विद्यालय बन्द गर्न सक्ने गाउँपालिकाले जनाएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। उनले भने, ‘लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन भइ पठनपाठन हुन थालेपछि विद्यार्थी खुसी भएका छन्।’ दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र तीन संस्थागत विद्यालयमा गरी ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.