भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह |

ली नामको समुद्री आँधीका कारण क्यानाडा र अमेरिकाको जनजीवन अस्तब्यस्त

ली नामको समुद्री आँधीका कारण क्यानाडा र अमेरिकाको जनजीवन अस्तब्यस्त

एजेन्सी । ली नामको समुद्री आँधीका कारण संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा तुफानसहितको भारी वर्षा भएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको दरले आएको आँधीसँगै भारी बर्षा हुँदा जनजीवन अस्तब्यस्त बनेको छ । जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

समुद्रमा १५ फिटमाथिसम्म छाल उठ्नसक्ने र त्यसले तटीय क्षेत्रमा ब्यापक क्षति पुर्‍याउन सक्ने चेतावनी समेत दिइएको छ । अमेरिकाका म्यासाचुसेट्स र मायनी तथा क्यानडाका न्यु ब्रन्सविक, नोभा स्कोटिया राज्यमा आँधीले ठूलै विपत ल्याउने चेतावनी दिइएको छ । अमेरिकाको राष्ट्रिय तुफान केन्द्रले अमेरिकाको न्यु इङ्ल्याण्ड र क्यानडाको आन्द्र महासागरको तटीय क्षेत्रमा आँधीको आपत् सुरु भईसकेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.