भर्खरै : Sorry, your browser does not support inline SVG.
महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो | नयाँ शैक्षिक सत्रमा अन्योल : सरकार र स्थानीय तहबीच निर्णय बाझिँदा अभिभावक दोधारमा | बाँकेमा सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा | सीमानाकामा कडाइपछि भारतीय बजारतर्फ नेपाली उपभोक्ताको चहलपहल ८० प्रतिशतले घट्यो | ‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै | गुल्मीको रुद्रवेणी–वामीटक्सार–खरबाङ सडक आजदेखि २० गतेसम्म बन्द | दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम | इरानसँगको वार्ताका लागि युद्धविराम अवधि थप्ने ट्रम्पको घोषणा |

लुम्बिनी प्रदेश सरकारद्वारा स्थायी संरचना निर्माणका लागि डीपीआर तयार

लुम्बिनी प्रदेश सरकारद्वारा स्थायी संरचना निर्माणका लागि डीपीआर तयार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानीको स्थायी संरचना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० निर्माणलगायतका काम अघि बढाउने भएको छ । यसका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण नै गठन गरेर जिम्मेवारी प्रदान गरिएको छ । प्रदेश सरकारले प्राधिकरणलाई काम अघि बढाउन साङ्गठनिक संरचनाको नै व्यवस्था गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण लागि आवश्यक जनशक्तिसहित सङ्गठनात्मक संरचनासहित थप अस्थायी दरबन्दी स्वीकृत गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

बैठकले प्राधिकरणका लागि तत्कालका लागि ६ जनाको दरबन्दी थप गरेको छ । स्वीकृत दरबन्दीअनुसार एक अधिकृत, दुई इञ्जिनीयर, दुई सर्वेयर, एक सबओभर्सियरको थप गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रदेशको सुशासनलाई थप प्रभावकारी बनाउन सुशासन नियमावली–२०७७ स्वीकृत गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका चौधरीले जानकारी दिनुभयो । उक्त नियमावलीले प्रदेशको सुशासन व्यवस्थापनमा कानून कार्यान्वयनमा थप प्रभावकारी बनाउने बताइएको छ ।

यस्तै मुख्यमन्त्रीलाई कार्य सम्पादनमा सल्लाह सुझावको प्रभावकारीताका लागि थप दुई सल्लाहकारको व्यवस्था गर्न मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची हेरफेर गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । उक्त ऐनको अनुसूचीमा मुख्यमन्त्रीले प्रदेश सरकारका राज्यमन्त्री सरहको मुख्य राजनितिक सल्लाहकार र सहायक मन्त्री सरहको जनसम्पर्क सल्लाहकार नियुक्त गर्ने उल्लेख गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । यस्तै जिल्ला समन्वय समितिले आ–आफ्ना जिल्लाका सबै विकास आयोजनाको अनुगमनका लागि प्रदेशसभाका सदस्यहरुलाई समेत अनिवार्य समावेश गर्न जिल्लास्तरीय अनुगमन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७७ लाई सहमति प्रदान गरेको छ ।

यस्तै प्रदेश प्रशिक्षण प्रतिष्ठानको सङ्गठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको, प्रदेश बालकोष स्थापना र सञ्चालन नियमावली २०७७ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ९पहिलो संशोधन २०७७ लाईसमेत स्वीकृत गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । बैठकले सामाजिक विकास डिभिजन कार्यालयहरुको सङ्गठन संरचना परिमार्जनसहित आर्थिक वर्ष २०७७।०७८ मा समेत निरन्तरता दिने निर्णय गरेको छ । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.