भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

१९ असार २०७७ कञ्चनपुर । भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ पक्राउ परेका छन् । वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका आरोपमा उनी पक्राउ परेको प्रहरीले बताएको छ । महिलामाथि दुर्व्यवहार गरे पछि स्थानीयले प्रहरी बोलाए । त्यसपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । थप अनुसन्धान गरेर त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

जनप्रतिनिधिबाट नै महिला असुरक्षित भएपछि ब्रह्मदेव क्षेत्र तनावग्रस्त छ । वडाध्यक्षले महिलालाई दुर्व्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कडा कारवाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । तर आफुले महिलामाथि कुनै दुर्व्यवहार नगरेको वडाध्यक्ष नाथले प्रहरीमा बयान दिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.