भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

१९ असार २०७७ कञ्चनपुर । भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ पक्राउ परेका छन् । वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका आरोपमा उनी पक्राउ परेको प्रहरीले बताएको छ । महिलामाथि दुर्व्यवहार गरे पछि स्थानीयले प्रहरी बोलाए । त्यसपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । थप अनुसन्धान गरेर त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

जनप्रतिनिधिबाट नै महिला असुरक्षित भएपछि ब्रह्मदेव क्षेत्र तनावग्रस्त छ । वडाध्यक्षले महिलालाई दुर्व्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कडा कारवाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । तर आफुले महिलामाथि कुनै दुर्व्यवहार नगरेको वडाध्यक्ष नाथले प्रहरीमा बयान दिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.