वर्षाले धान बाली नष्ट, किसान चिन्तित

वर्षाले धान बाली नष्ट, किसान चिन्तित

गलेश्वर । पाकेर थन्क्याउनै लागेको बेलामा वर्षाले धान बालीमा क्षति पुगेको छ । बाली नष्ट हुदा किसान चिन्तित भएका छन् ।

भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।

ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा अधिक क्षति पुगेको किसानको भनाइ छ ।

पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिए। अविरल वर्षाका कारण ग्रामीण सडक हिलाम्यै भएको छ भने दशैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको छ ।

 


Thali Mobile Pvt.Ltd.