भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने, सर्तकता अपनाउन अपिल

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने, सर्तकता अपनाउन अपिल

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि हिउँदे वर्षा हुने बताएको छ । हिउदे याम सुरु भएपछि वर्षा नभएको जनाउदै नेपालमा न्युन चापीय वायु प्रणाली सक्रिय भएका कारण मौसम बदली हुने महाशाखाले जनाएको हो । न्युन चापीय वायु प्रणाली सक्रिय भएपछि त्यसकै प्रभाव स्वरुप मौसम बदली भई हुस्सु तथा बादल लागेको जनाइएको छ ।

बुधबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको र तराईमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ । राति कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने भन्दै महाशाखाले सतर्ककता अपनाउन अपिल गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बिहीबार वर्षा हुन सुरू हुने र क्रमशः पूर्वतर्फ सर्ने महाशाखाको अनुमान छ । वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.