भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

जीटुजी मार्फत नेपालमा सात हजार पाँच सय टन रासायनिक मल भित्रियो

जीटुजी मार्फत नेपालमा सात हजार पाँच सय टन रासायनिक मल भित्रियो

काठमाडौँ। नेपालमा सात हजार पाँच सय टन रासायनिक मल भित्रिएको छ । नेपाल र भारत सरकारबीच भएको सम्झौता (जीटुजी)अनुसारको सात हजार पाँच सय टन रासायनिक मल भित्रिएको हो । नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता भारत र नेपाल सरकार–सरकार बीच (जीटुजी) समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

जीटुजीबाहेक थप ग्लोबल टेन्डरबाट ५९ हजार टन मल आयात गर्न लागिएको जनाएको छ । १५ हजार टन मल मौज्दात रहेको र नियमित रूपमा आयात भइरहेकाले हिउँदेबालीका लागि मल अभाव नहुने जनाइएको छ । पहिलो चरणमा ३० हजार टनमध्येको मङ्गलबारसम्म सात हजार पाँच टन युरिया भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजीमार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

मङ्गलबारसम्म तीन –याकमा सात हजार पाँच सय टन युुरिया आयात भइसकेको र एक –याकमा दुई हजार पाँच सय टन मल हुने कम्पनीले जनाएको छ । माघ दोस्रो सातासम्म जीटुजीमार्फतको ३० हजार टन मल पनि आइसक्ने कम्पनीले जनाएको छ । कम्पनीले ग्लोबल टेन्डर गरेर चालू आवको पुस मसान्तसम्म एक लाख एक हजार सात सय टन मल आयात गरिसकेको छ ।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीको मल खरिद गर्न पहिलो चरणमा तीन अर्ब २६ करोड रुपियाँ पठाएको जनाएको छ । पुरानै मल मौज्दात रहेको र जीटुजीको मल सबै कार्यलयमा वितरण गर्न नपुग्ने भएकाले आयात भएको मल वितरण नगरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.