भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

अफगानिस्तान तापक्रम माइनस २१ डिग्रि सेल्सियस, चिसोले २० को मृत्यु

अफगानिस्तान तापक्रम माइनस २१ डिग्रि सेल्सियस, चिसोले २० को मृत्यु

काठमाडौ। अत्यधिक चिसोका कारण अफगानिस्तानमा २० जनाको मृत्यु भएको छ । तापक्रम माइनस २१ डिग्रि सेल्सियस भएका कारण २० जनाको मृत्यु भएको हो । अफगानिस्तानको बद्घिस र अन्य प्रान्तमा चिसोले ४ हजार गाईवस्तु मरेको खबर छ । हेरात प्रान्तको क्षेत्रीय अस्पतालहरु चिसोका कारण बिरामी भएकाहरुले खचाखच भरिएका छन् ।

अफ्गानिस्तानले इतिहासमा सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ । त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको समाचार संस्थाहरुले जनाएका छन् ।
गरिबीको चरम अभावमा रहेको अफ्गानिस्तानमा खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त र चिसो बढ्न थालेपछि यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

तालिवानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरको १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो । सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूको अवस्था अझ खराब बनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.