भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वर्ष दिनदेखि खानेपानी अवरुद्ध

वर्ष दिनदेखि खानेपानी अवरुद्ध

२० साउन २०७७ सङ्खुवासभा । बृहत् खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ । सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरु भएको हो ।

मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको थियो । खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन् । सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए ।

निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.