भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण

जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण

२० साउन २०७७ खोटाङ । दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरु गरेका छन् । नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरु गरेको हो ।

जिल्लाका दलित सङ्घ सङ्गठन तथा नेपाल आदिवासी जनजाति महासङ्घ सम्बद्ध व्यक्ति सम्मिलित संयुक्त सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै ‘सबै मानिस एउटै हुन्छ, जातीय छुवाछूत गर्नु भनेको सामाजिक अपराध हो’ भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ ।

जाजरकोटका नवराज विश्वकर्मासहित छ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग गर्दै बनाइएको सङ्घर्ष समितिले पछिल्लो समय आफ्नो सङ्घर्षका कार्यक्रमलाई जातीय विभेदका विरुद्ध परिवर्तन गरेको हो ।

वाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय सङ्घर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तक्र्रिया गर्ने, मङ्सिर १३ गते पालिकास्तरीय समितिसँग अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको समितिका संयोजक दीपक ठटालले बताए ।

 


Thali Mobile Pvt.Ltd.