भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

वाग्मतीको नेतृत्व र मन्त्रालय बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

वाग्मतीको नेतृत्व र मन्त्रालय बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै छ । आज अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको स्रोतले बतायो । बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।

गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् । आजको बैठकमा उनले विश्वासको मत लिनेछिन् । वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.