वायु प्रदूषणका कारण आजदेखि चार दिन विद्यालय बन्द

वायु प्रदूषणका कारण आजदेखि चार दिन विद्यालय बन्द

काठमाडौँ । देशभर वायु प्रदूषण झन झन बढेपछि देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि चार दिनलाई बन्द गरिएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिन शैक्षिक सस्थाहरु बन्द गर्ने जनाएको हो ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले शुक्रबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।

प्रदूषणका कारण आँखा पोल्ने, सप्रवासमा समस्या देखिने भएकाले सजग रहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.