‘अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परे तत्काल खबर गर्नु’

‘अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परे तत्काल खबर गर्नु’

काठमाण्डौ । अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न पशुसेवा विभागलेआग्रह गरेको छ ।

विभिन्न ठाउँमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो ।

घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन आग्रह गर्दै खुला रुपमा गरिने पंक्षीपालनलाई निरुत्साहित गर्नुपर्ने विभागका प्रवक्ता चन्द्र ढकालले बताए ।

 


Thali Mobile Pvt.Ltd.