२३ जेठ २०७७ शुक्रबार काठमाडौं । कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार कार्य सुरू भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली लिएर जहाज काठमाडौं आएको छ ।
म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा राखिएको छ । सैनिक स्रोतका अनुसार, उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको हो ।
प्रदेश नं ३, ४ र ५ घर भएकालाई मात्र काठमाडौंमा राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई त्यहि राखिएको स्रोतले बताएको छ । होल्डिङ सेन्टरमा एक रात बस्नुपर्ने उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ ।
सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी गरिएको छ । विदेशबाट उद्धार गरिएकालाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड वितरण गरेको छ । यसैबीच सरकारले युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी थालेको छ तर युएईको उडान भने ढिला हुने भएकाले कति बेला नेपाल आइपुग्ने टुंगो नभएको निगमले जनाएको छ ।
विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा भएपछि सरकारले शुक्रबारदेखि उद्धार सुरू गरेको हो । यस्तै यूएईमा अलपत्र परेका १५७ जना नेपाल आउने अन्तिम तयारीमा पुगेका छन् । उनीहरुले बोर्डिङ लिएर उडानका लागि युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिएर बसेका छन् ।
युएईबाट साढे ३ भित्रमा विमान नेपाल आइपुग्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका बताए । यूएईबाट नेपाली लिएर आउने विमान बिहान साढे ११ बजे आउने भनिएको भएपनि यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको बताएपछि उडान अन्यौलमा परेको छ ।
दूतावासले थप सहजिकरण गरी अलपत्र नेपालीलाई ल्याउने अन्तिम तयारी गरेको छ । एयर अरेबियाको जहाजले ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना र अन्य ११ जना नेपाली नागरिक लिएर आउनेछ भने उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका स्रोतले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...