भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विद्युतीय स्कुटरको शोरुममा आगलागी हुदा ६ जनाको ज्यान गयाे

विद्युतीय स्कुटरको शोरुममा आगलागी हुदा ६ जनाको ज्यान गयाे

एजेन्सी । भारतको तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले मृतकलाई २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

होटलको भुईं फ्लोरमा रहेको विद्युतीय स्कुटर शोरुममा आगलागी भएको हो । आगलागीबाट निस्किएको धुवाँले होटलको पहिलो र दोस्रो तलामा भएकालाई समस्या भएको छ । केही मानिस भवनबाट हाम फालेका थिए।

उनीहरूलाई स्थानीयले बचाएका छन् । ती मानिसहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युतीय स्कुटरको ब्याट्रीमा सर्ट सर्किट वा ओभर चार्ज भएर पनि आगलागी भएको हुन सक्ने आशंका गरीएको छ ।

घटनाको समयमा होटलमा २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी छन् । मृत्यु हुने ६ जनामध्ये एक महिला छन् । कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फालेकाे बताइएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.