विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, प्रचण्डको असहमति

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, प्रचण्डको असहमति

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ ।

यही भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । शुक्रबार साँझ प्रस्ताव टुङ्गो लाग्ने मन्त्रालय स्रोतको दावी छ । चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार भएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको जनाईएको छ ।

दुई अध्यक्षबीच सहमति भइसकेको छ । प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल मात्र दिन तयार भएको तर त्यसमा असहमति देखाउदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार वर्ष नै काम गर्न दिनुपर्ने पक्षमा अडान कायम राखेका छन्। विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन व्यापक जनदवावसहित माग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.