२८ जेठ २०७७ काठमाडौं । विनियोजन विधेयक २०७७ लाई प्रतिनिधिसभाले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो ।
यसअघि बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु बहुमतले अस्वीकृत भएको थियो ।
सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल (गौतम), प्रेम सुवाल, उमा रेग्मी, सञ्जय कुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौला, राजेन्द्रकुमार केसी, देवेन्द्रराज कंडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि.सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्र बहादुर कार्की, गगनकुमार थापा, अतहर कमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू, भिमसेन दास प्रधान, प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...