विवाह रोक्न बुढीनन्दाले ग¥यो पुरोहितसँग सम्झौता

विवाह रोक्न बुढीनन्दाले ग¥यो पुरोहितसँग सम्झौता

डोटी । बाजुरा बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र   गरेको छ । बालविवाह मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्न पुजारी र पुरोहितसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले बताइन् ।

सम्झौता पत्रमा बिवाह गराउँदा केटा र केटीको नागरिकता अथवा जन्मदर्ता अनिवार्य रुपमा माग गरी २० वर्ष उमेर पुगेको हकमा मात्र विवाह गराउने, बालविवाह भएको जानकारी पाए यथाशीघ्र जिम्मेवार निकायमा जानकारी गराउने र सम्झौता उल्लंघन गरेमा कानून बमोजिम सजायको भागिदार हुने उल्लेख गरिएको छ ।

नगरपालिकाले पुजारी र पुरोहित बाजेलाई बालविवाह न्यूनीकरण अभियानका सहयात्री बनाउने प्रयास गरेको छ । बाल विवाह हुनुका कारण जनचेतनाको कमी, गरिबी, महंगो शिक्षा जस्ता पक्ष प्रमुख रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.