भर्खरै : Sorry, your browser does not support inline SVG.
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु | सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक |

विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएको ‘क्लष्टर बम’ युक्रेनले रुसविरुद्धको लडाइ प्रयोग गर्‍यो

विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएको ‘क्लष्टर बम’ युक्रेनले रुसविरुद्धको लडाइ प्रयोग गर्‍यो

एजेन्सी । अमेरिकाले रुस विरुद्धको लडाइमा युक्रेनले ‘क्लष्टर बम’हरुको प्रयोग गरिरहेको दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘क्लष्टर बम’ प्रयोगको प्रारम्भिक परिणामहरुले युक्रेनलाई निकै आशावादी बनाएको बताएका हुन ।

आफ्नो देशले सहायता स्वरुप दिएको क्लष्टर बमहरुको युक्रेनले सही तरिकाले सफलतापूर्वक प्रयोग गरिरहहेको ह्वाइट हाउसले पुष्टि गरेको छ । रुस विरुद्धको लडाइमा युक्रेनी सेनाको क्षमता बढाउन क्लष्टर बम दिएको प्रतिक्रिया अमेरिकाले दिइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो निर्णय आफ्नालागि निकै कठिन तथा अत्यावश्यक भएको बताएका थिए ।

अमेरिकाका सहयोगी देशहरु बेलायत, क्यानडा, न्यूजील्याण्ड र स्पेनले यसको प्रयोगलाई लिएर विरोध गरिरहेका छन् । क्लस्टर बमले एकै पटक धेरै बमहरू छर्ने गर्दछ ।

युद्धमा सामेल नभएका गैरसैनिक नागरिकलाई समेत निशाना बनाउने यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.